काठमाडौंः महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ उत्तरबारी टोलबाट बुधबार एपीएफ टोलीले करिब दुई लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भारतीय नम्बरको दुई वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रघुनाथपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरेको छ ।

बरामद लत्ताकपडा तथा मोटरसाइकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका–५ स्थित सखुवाबाट आज एपीएफ टोलीले करिब चार लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।


अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

यस्तै, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको एपीएफ टोलीले आज करिब दुई लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ ।

अवैध रुपले ओसार पसार गर्दै गरेको उल्लेखित मुल्य बराबरको ईनामेल, किराना सामान, मदिरा र केराउ एपीएफ टोलीले सप्तरी जिल्लाको डाँक्नेश्वरी नगरपालिका–४ कुशाहाबाट बरामद गरेको हो ।

यसैगरी सर्लाही जिल्लाको विष्णु गाउँपालिका–२ स्थित पकडीबाट आज एपीएफ टोलीले करिब दुई लाख २२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिमराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।


प्रकाशित मितिः बिहीबार, साउन २२, २०७७, २०:३४