पश्चिम नवलपरासीः प्रतापपुर गाउँपालिका–८ पिपरपातीबाट आइतबार एपीएफ टोलीले करिब ६ लाख २४ हजार रुपैयाँ बराबरको चोरी निकासीको रेडबुल बरामद गरेको छ ।
लु १ च २०५५ नम्बरको पिकअप गाडीमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त रेडबुल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीप्रर्सौनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले उक्त पिकअप गाडी समेत बरामद गरेको छ ।
बरामद रेडबुल तथा गाडी भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ । उक्त गाडीको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, १९:५१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook