पश्चिम नवलपरासीः प्रतापपुर गाँउपालिका–५ बसैयाबाट शुक्रबार एपीएफ टोलीले करीब तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईल सेट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भैरमपुरबाट खटिएको एपीएफ टोलीले उक्त मोबाईल सेट बरामद गरेको हो ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको विभिन्न कम्पनीको २९ वटा मोबाईल सेट बरामद गरिएको हो ।

बरामद मोर्बाइल सेट भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, २०:५७