रुपन्देहीः सिद्धार्थनगर नगरपालिका–१ डण्डा स्थित सीमा इलाकाबाट आइतबार एपीएफ टोलीले २४ वटा नेपाली पासपोर्टसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय चन्दनप्रसाद रौनियार रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा युक्रेनको भिषा लागेको ५ वटा तथा अन्य १९ वटा नेपाली पासपोर्ट फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका रौनियारलाई बरामद पासपोर्टसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलहियामा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, १७:०२