धनुषाः विदेह नगरपालिका–२ दुहवी स्थित सीमा इलाकाबाट मंगलबार एपीएफ टोलीले १ हजार ४ सय ७० वटा नोफिन र ३ सय २५ वटा डाईजापाम बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोवराहीबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै उनीहरुले ल्याउँदै गरेको बोरा सोही ठाउमा छाडी फरार भएपछि उक्त बोरामा जाँच गर्दा उल्लेखित परिमाणको नोफिन र डाईजापाम फेला परेको हो ।

बरामद नोफिन र डाईजापाम प्रहरी चौकी ठाँडीमा बुझाईएको छ ।

यसैगरी, महोत्तरी जिल्लाको बलुवा नगरपालिका–११ रौजा भगवतीपुरबाट मंगलबार एपीएफ टोलीले करिब एक लाख ३२ हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ ।


प्रदेश नम्बर २–०३००१ क ०२०३ नम्बरको टाटा मिनी ट्रकमा वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ४८ बोरा प्याज सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बनौटाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद प्याज तथा मिनि ट्रक भन्सार कार्यालय जलेश्वरमा बुझाएको छ । बरामद मिनि ट्रकको भन्सार दाखिला मुल्य १८ लाख रुपैयाँ रहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, २१:१४