सर्लाहीः मलंगवा नगरपालिका–५ भाडसरस्थित सीमा इलाकाबाट एपीएफ टोलीले शनिबार बिहान पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले उक्त पटका बरामद गरेको हो ।

उक्त पटका टाउँकोमा बोकेर भारतबाट नेपालतर्फ आउँदै गरेका केही व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै करीब पाँच लाख रुपैयाँ बराबरको पटका सोही ठाउँमा छाडी फरार भएका थिए ।


प्रकाशित मितिः आइतबार, असार २१, २०७७, ०८:४६