रौतहटः यमुनामाई गाउँपालिका–३ स्थित राजपुर तुलसीबाट सोमबार एपीएफ टोलीले चाईनिज पेस्तोल तथा सोको एउटा म्याग्जीन, दुई राउण्ड गोली र एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४९ वर्षीय शेष बैतुल्ला रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

त्यसवेला एपीएफ टोलीले उनको साथबाट दुई थान मोवाईल सेट र ३ हजार ४ सय ८० रुपैयाँ समेत बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक छतकुलीले बताए ।

एपीएफ टोलीले पक्राउ परेका उनलाई बरामद पेस्तोल, म्याग्जीन, गोली, मोबाईल सेट तथा नगदसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको छ ।



प्रकाशित मितिः मंगलबार, चैत ४, ०६:०८