झापाः मेचीनगर नगरपालिका–७ स्थित इटाभट्टा इलाकाबाट आइतबार एपीएफ टोलीले करिब १ सय ६० ग्राम ८३ मिलिग्राम ब्राउन सुगरसहित दुई
जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुभास दर्जी र सोही नगरपालिका–८ बस्ने ३५ वर्षीय सन्जिप राजवंशी रहेका छन् ।

मे १० प १६४२ नम्बरको मोटरसाइकलमा आएका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको थियो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।



प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १९:५८