झापाः मेचीनगर नगरपालिका–६ मेचीपुल डाँडा इलाकाबाट सोमबार एपीएफ टोलीले ५० ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको अमरपुर–६ बस्ने २७ वर्षीय अरुण सुब्बा लिम्वु र सुनसरीको महेन्द्रनगर नगरपालिका–४ बस्ने २४ वर्षीय ईश्वर थापा छन् ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।



प्रकाशित मितिः २०७७ साल माघ ६ गते मंगलबार, २०:५६