झापाः मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट मंगलबार एपीएफ टोलीले करिब १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका–४ बस्ने १९ वर्षीय बिवेक नेम्वाङ्ग रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट मेचीपुलबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका नेम्वाङ्गलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, ०८:३७