सुनसरीः बराहक्षेत्र नगरपालिका–२ सप्तकोशीबाट बिहीबार एपीएफ टोलीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको बेल्का नगरपालिका–९ बस्ने २२ वर्षीय सुमन राई रहेका छन् ।

सोही ठाउँमा रहेको खैरघारीमा शिकार खेल्दै हिडेका निज राईलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतराबाट खटिएको एपीएफ टोलीले उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई बरामद बन्दुकसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय चतरामा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, २०:२३