पर्साः ठोरी गाउँपालिका–४ स्थित गोपी बस्तीबाट आज एपीएफ टोलीले एक नाल भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय अमन लामा, ३२ वर्षीय बाबुराम लामा, ३४ वर्षीय कुमार लामा र ३५ वर्षीय सानुबहादुर तामाङ्ग रहेका छन्

सो ठाउँमा हो हल्ला गरी हिडिरहेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा लिई जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक तथा चार वटा गोली र एक थान खुकुरी फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद भरुवा बन्दुक, गोली र खुकुरीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको छ ।



प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १९:४८