महोत्तरीः मटिहानी नगरपालिका–८ गान्धीगल्लीबाट आइतबार एपीएफ टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथैे उक्त भारतीय रुपैया ल्याउँदै गरेका व्यक्तिले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित भारतीय रुपैयाँ फेला परेको हो ।

बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, १९:१३