पर्साः वीरगञ्ज महानगरपालिका–१७ स्थित सीमा इलाकाबाट सोमबार एपीएफ टोलीले ९१ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको पोखरीया नगरपालिका २ बस्ने २८ वर्षीय मनोजप्रसाद यादव रहेका छन् ।

ना १५ प ५८३८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।



प्रकाशित मितिः बुधबार, असार १७, २०७७, ०८:२४