काठमाडौंः एपीएफ टोलीले धनुषा र पर्सा जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका–१ ढाला चोकबाट मंगलबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय राजेश मण्डल र २८ वर्षीय राजेशकुमार चौधरी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

ज ९ प ६६४६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैनाथपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा कोडिन फोस्फेट १४ बोतल, नाईट्राभेट ट्याब्लेट ६० वटा र स्पामो प्रोक्सिभन ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।


एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टिबाट खटिएको एपीएफ टोलीले पर्साको विन्दावासीनी गाउँपालिका–३ झौवाबाट बुधबार करीब दुई के.जी. दुई सय ५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ४ बस्ने ४५ वर्षिय देवेन्द्र यादव रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक छतकुलीले जानकारी दिए ।

एपीएफ टोलीले पक्राउ परेका निज यादवलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २९, ०८:३४