सर्लाहीः बिष्णु गाँउपालिका–६ सिमराबाट आज एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका–४ बस्ने २७ वर्षीय फैईज आलम रहेका छन् ।

ज ३ प ५७६ नम्बरको मोटरसाइकलमा सवार निज आलमलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा एक्सीप्लोन नामक ६ बोतल लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।


प्रकाशित मितिः शनिबार, जेठ १७, २१:४८