पर्साः वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुलबाट बिहीबार एपीएफ टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–३ बस्ने २८ वर्षीय अख्तर अली मनसुरी र २३ वर्षीय सोहेल मिया मनसुरी रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट ९ बोतल कोरेक्ससहित फेला परेपछि पक्राउ गरिएको हो ।

त्यसबेला एपीएफ टोलीले उनीहरुको साथबाट चार वटा मोवाईल सेटसमेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।



प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, २१:५६