सर्लाहीः बरहथवा नगरपालिका–९ स्थित नहर इलाकाबाट शुक्रबार एपीएफ टोलीले वालरेस नामक ६० बोतल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिष्णु गाँउपालिका–८ बतौल बस्ने ३८ वर्षीय पप्पु यादव र भारतको सितामढी सोनबर्षा घर बताउने ३६ वर्षीय सुचिन्दर साह रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरहराबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, १९:२२