सिराहाः नवराजपुर गाउँपालिका–५ कुसुन्डी स्थित सीमा इलाकाबाट आइतबार एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३२ वर्षीय पशुपतिकुमार यादव र २१ वर्षीय ओमप्रकाश यादवलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कुसुन्डीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

स ७ प २४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुले बोराभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।


पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, २१:५५