सुनसरीः भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज स्थित पूर्व–पश्चिम लोकमार्गबाट सोेमबार एपीएफ टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–२ बस्ने ४२ वर्षीय बिनोदप्रसाद यादव र भारतमा घर बताउने २३ वर्षीय संजयकुमार यादव रहेका छन् ।

को १० प ५२०७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोज ट्याब्लेट ५ पत्ता र स्पास्मो हाईड्रो क्लोराईड ८ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।



प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १०:२८