मोरङः विराटनगर महानगरपालिका–१६ दरैया स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले १ सय ५० वटा नाईट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बेलवारी नगरपालिका–५ बस्ने ४२ वर्षीय बलबहादुर नेपाली छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका नेपालीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १९:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook