सिराहाः वरियारपट्टि गाउँपालिका–१ कचनारी स्थित सीमा इलाकाबाट मंगलबार एपीएफ टोलीले ६ बोतल डाईलेक्स डिसी र २० पत्ता नाईट्रोभेट
ट्याब्लेसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको लहान नगरपालिका–४ बस्ने २७ वर्षीय सुर्यनारायण साह रहेका छन् ।

स ६ प ६६३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कडहरीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १९:३२