काठमाडौंः विभिन्न ठाउँबाट एपीएफ टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बाराको विश्रामपुर गाउँपालिका–१ स्थित घोडासान सीमा इलाकाबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने २० वर्षीय अर्जुनकुमार साह रहेका छन् ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका साहलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश छतवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजीपाम ईन्जेक्सन दुई सय वटा, नोफिन ईन्जेक्सन दुई सय वटा र प्रोमेथाजिन दुई सय वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको छ ।


यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट आँपतालबाट खटिएको एपीएफ टोलीले ३६ वटा नाईट्राभेट ट्याब्लेटसहित कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–४ स्थित सीमा इलाकाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बेलौरी नगरपालिका–१ बस्ने २३ वर्षीय रोशन शाही रहेका छन् ।

से ६ प ३६० नम्बरको मोटरसाईकलमा आएका शाहीलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २ गते बिहीबार, १९:५३