झापाः गौरीगञ्ज गाउँपालिका–६ स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले लेबोरेप १९ वटा र नाईट्रोभेट ५ पत्तासहित एक जनालाई पक्राउ
गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरीगञ्जबाट खटिएको एपीएफ टोलीले मे ४ प ६४४५ नम्बरको मोटरसाइकलमा आएका २७ वर्षीय रोहित हुसेनलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

त्यसबेला एपीएफ टोलीले हुसेनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका हुसेनलाई बरामद लागुऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, १९:४५