सिराहाः बरियारपट्टि गाउँपालिका–३ स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका–११ बस्ने २७ वर्षीय उमेशकुमार साह रहेका छन् ।

को १४ प २५२९ नम्बरको मोटरसाइकलमा आएका साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १९ वटा र डिप्लेक्स डिसी २ बोलत फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बरियारपट्टि सिराहामा बुझाईएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, २१:१७