रौतहटः राजदेवी नगरपालिका–८ लक्ष्मीपुर स्थित सीमा इलाकाबाट बुधबार एपीएफ टोलीले ११ बोतल कोकास डिएक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको माधवनारायण नगरपालिका–४ बस्ने २० वर्षीय अनिल साह र १८ वर्षीय पिन्टुकुमार पटेल रहेका छन् ।

ना २३ प ४७२३ नम्बरको मोटरसाइकलमा आएका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी बेलविछुवामा बुझाईएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, २०:२२