पर्साः वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट स्थित सीमा इलाकाबाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई
जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ बस्ने २२ वर्षीय जीवन बस्नेत र सोही ठाउँ बस्ने २५ वर्षीय अनुप लामा रहेका छन् ।

बा ६५ प ६९५० नम्बरको स्कुटरमा आएका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेपाम ११ वटा, प्रोमेथाजिन ११ वटा र नोफिन ११ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसबेला उनीहरुले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरेको छ ।


पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १९:३१