बाँकेः नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ३३ पत्ता र गाँजा ५० ग्रामसहित
सोही नगरपालिका–३ बस्ने २२ वर्षीय कौशल हरिजनलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको एपीएफ टोलीले हरिजनलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका हरिजनलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
प्रकाशित मितिः २०७७ साल माघ १९ गते सोमबार, २०:५७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook