पर्साः वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार गेट इलाकाबाट मंगलबार एपीएफ टोलीले ७४ वटा नाईट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ पिप्ले बस्ने ३८ वर्षीय बिशालकुमार क्षेत्री रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, २०:००