सप्तरीः तिलाठी कोईलाडी गाँउपालिका–१ स्थित सीमा इलाकाबाट मंगलबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय राजु सरदार रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस खाँडो खोलाबाट खटिएको एपीएफ टोलीले सरदारलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लिजेसिक ईन्जेक्सन ३५ वटा, डाईजेपाम ईन्जेक्सन ३५ वटा र फेनारगन ईन्जेक्सन ३५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।



प्रकाशित मितिः २०७७ साल चैत ११ गते बुधबार, ११:२३