पर्साः वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट इलाकाबाट शुक्रबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय ममताज खान रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपीएफा टोलीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स १ बोतल, नाईट्रोभेट ट्याब्लेट ३ वटा, स्पास्मो ट्याब्लेट २ वटा र चरेश १ ग्राम ५ मिलिग्राम फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका खानलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, ०८:२४