सप्तरीः बोधेबर्साईन नगरपालिका–९ देउरी स्थित सुवर्णपट्टी इलाकाबाट मंगलबार एपीएफ टोलीले ३ बोतल डाईलेक्स र ३ पत्ता नाईट्रोभेट
ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको खड्क नगरपालिका–९ बस्ने १८ वर्षीय मोहमद आडिज रहेका छन् ।

भारतबाट गाईभैंसी चराउने बहाना गरी नेपाल प्रवेश गर्दै गरेका निज आडिजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपट्टीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका आडिजलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।



प्रकाशित मितिः बुधबार, वैशाख ३, २१:५३