पश्चिम नवलपरासीः पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका–७ भटौलिया खोलास्थित सीमा इलाकाबाट एपीएफ टोलीले सोमबार विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–४ बस्ने डिलाबर खान पठान र अमजत खान रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथबाट वीनस्पास्मो १०५ वटा र अन्य नाम नखुलेको सेतो ट्याब्लेट ३३ वटा फेला परेपछि पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।



प्रकाशित मितिः मंगलबार, वैशाख १६, १९:१६