पश्चिम नवलपरासीः पाल्हीनन्दन गाँउपालिका–३ स्थित सीमा इलाकाबाट बिहीबार एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने २४ वर्षीय हरी दर्शन बनिया र ४९ वर्षीय बिनोद बनिया छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा उल्लेखित रुपैयाँ फेला परेको थियो । त्यसबेला उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेपछि सो रकमसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।



प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १९:२४