रुपन्देहीः कञ्चन गाउँपालिका–१ स्थित प्रगती मा.वि.को जंगलबाट आज एपीएफ टोलीले करिब तीन लाख ५० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ ।
अवैध रुपले कटान गरिरहेको अवस्थामा उल्लेखित मुल्य बराबरको करिब ९० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसबेला काठ काट्ने व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए ।
बरामद काठ कञ्चन सव डिभिजन वन कार्यालयमा बुझाईएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, १८:४९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook