इलामः माङसेबुङ्ग गाउँपालिका–२ र ८ को सीमाना स्थित लारुवा भन्ने स्थानबाट आज एपीएफ टोलीले करिब एक लाख २० हजार रुपैयाँ बराबरको सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाममाई नगरपालिका–६ बस्ने १९ वर्षीय बिकास लिम्बु र झापाको दमक नगरपालिका–३ बस्ने १८ वर्षीय सुवास शेर्पा छन् ।

प्र १–०१–००१ त ८३४५ नम्बरको ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश दानावारीबाट खटिएको एपीएफ टोलीले उक्त काठसहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद काठ तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सुखानीमा बुझाईएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, २०:१५