रुपन्देहीः गौढवा गाउँपालिका–३ विष्णुपुराबाट मंगलबार एपीएफ टोलीले करिब २८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उक्त साल गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ सव डिभिज वन कार्यालय ठाकुरपुरामा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १९:२३