कैलालीः घोडाघोडी नगरपालिका–६ स्थित उत्तरटोलबाट आज एपीएफ टोलीले करिब दुई लाख रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उक्त सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बौनियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ सव डिभिजन वन कार्यालय कैलालीमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, २०:१८