पर्साः पर्सागढी नगरपालिका–४ स्थित बेलवाबाट बुधबार एपीएफ टोलीले करिब २२ क्यूफिट सालको गोलिया काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका–८ बस्ने ३० वर्षीय राधेश्याम राम र ४० वर्षिय रामरवि देबी रहेका छन् ।

सलकपुर जंगलबाट कटान गरी उक्त गोलिया काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बेलुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, १९:५२