रुपन्देहीः सैनामैना नगरपालिका–६ स्थित रामापुरबाट मंगलबार एपीएफ टोलीले करिब चार लाख ८० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको एक सय २० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ सव–डिभिजन वन कार्यालय मुर्गीयमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १०:३३