झापाः विर्तामोड नगरपालिका–७ हडैया स्थित श्री सिटौला काठ मिलबाट आज एपीएफ टोलीले करिब २ लाख रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

उक्त स्थानमा रहेको सुन्दर निचा झोरा सामुदायिक वनबाट कटान गरी चिरानको लागि राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गोलधापबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ सुन्दर निचा झोरा सामुदायिक वन कार्यालयमा बुझुाईएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, १९:०२