धनुषाः जनकपुर उपमहानगरपालिका–७ स्थित भमरपुरा चोकबाट आइतबार एपीएफ टोलीले करिब १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका–७ बस्ने ३४ वर्षीय रामचन्द्र साह रहेका छन् ।

बा १० च ३५६८ नम्बरको भ्यानमा आएका साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा गाडीको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको २ सय ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उक्त भ्यान समेत बरामद गरेको छ ।

पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।


। बरामद भ्यानको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, २०:२१