कास्कीः पोखरा महानगरपालिका–१७ स्थित सेती नदिको खोचबाट एपीएफ टोलीले शनिबार एक जनाको सकुशल उद्धार गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने ३१ वर्षीय कमल योगी पैदल हिड्ने क्रममा अचानक सो नदिको खोचमा खसेका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक देवीलाल गोतामेको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको सकुशल उद्धार गरेको हो ।
उद्धार पश्चात एपीएफ टोलीले उनलाई उपचारको लागि गण्डकी मेडिकल अस्पतालतर्फ पठाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, १७:२६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook