पश्चिम नवलपरासीः पाल्हिनन्दन गाँउपालिका–५ भगतपुरा स्थित सीमा इलाकाबाट मंगलबार एपीएफ टोलीले स्पास्मो क्याप्सुलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २६ वर्षीय बदुरुद्धिन धुनिया रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गेरमाबाट खटिएको एपीएफ टोलीले धुनियालाई शंका लागि जाँच गर्दा उनको साथबाट दुई सय ८० वटा स्पास्मो क्याप्सुल फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका उनलाई बरामद लागुऔषधहित आवश्यक कारवाहिको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, ०६:५३