बाराः परवानिपुर गाँउपालिका–३ बाट शनिबार एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० वर्षीय ईनामोल र २५ वर्षीय ईसा आलम रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उक्त रुपैयाँसहित पक्राउ गरिएको हो ।


प्रकाशित मितिः आइतबार, चैत २, ०६:५८