कपिलवस्तुः कृष्णनगर नगरपालिका–१ बाट आज एपीएफ टोलीले २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले उक्त रुपैयाँ बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छाडी भागेपछि उक्त झोलामा जाँच गर्दा पाँच सय दरको चार हजार नौ सय भारतीय रुपैयाँ फेला परेको हो ।


प्रकाशित मितिः बुधबार, साउन २८, २०७७, २१:०६