काठमाडौंः सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले शनिबार राति करिब ५० के.जी. चरेशसहित धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा सो पोष्टबाट खटिएको एपीएफ टोलीले सोही जिल्लाको थाके गाउँपालिका–१ खयरघारी स्थित पूर्व पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको हो ।
बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा आएका मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।
त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ ।
। उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका मगरलाई राति करिब साढे आठ बजे एपीएफ टोलीले फेला पारेको थियो ।
उनलाई राति नै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाईएको छ ।
उक्त चरेश धादिङ जिल्लाको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं ल्याउने उद्देश्यले ल्याउँदै गरेको कुरा मगरले एपीएफ टोली समक्ष बताएका छन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook