काठमाडौंः एपीएफ टोलीले विभिन्न ठाउँबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–२ मलंगवाबाट मंगलबार एपीएफ टोलीले ७५ बोतल वीनसिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका–४ बस्ने ४१ वर्षीय सुरेन्द्र यादव रहेका छन् ।

भारतीय मोटरसाइकलमा आएका यादवलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार गेट इलाकाबाट मंगलबार एपीएफ टोलीले तीन पत्ता नाइट्रोभेट र दुई बोतल वीनसिरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सोही जिल्लाको ठोरी गाउँपालिका–३ बस्ने २६ वर्षीय अमृतबहादुर बस्नेत रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका बस्नेतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

यसैगरी, सिराहाको गोलबजार नगरपालिका–६ स्थित पूर्व–पश्चिम लोकमार्गबाट सोमबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको सुखिपुर नगरपालिका–७ बलही बस्ने २२ वर्षीय जितेन्द्र यादवलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस गोलबजारबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

लागूऔषध खरिद विक्री गरिरहेको अवस्थामा उनलाई एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ४५ वटा, कोरेक्स दुई बोतल र सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले त्यसबेला यादवको साथबाट ३८ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ परेका उनलाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १०:४४