भरतपुरः भरतपुर महानगरपालिका-४ शिवघाटमा रहेको एभरेष्ट कलर प्रा.लि.मा बुधबार बिहान भएको आगलागीमा साँढे ५ करोडको क्षति भएको छ।

बिहान ७ बजे विद्युत् सर्ट भएर सुरु भएको आगो साढे १० बजे नियन्त्रणमा आएको चितवन प्रहरीले जनाएको छ।

आगलागीबाट भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ। यस्तै, रङ बनाउने कच्चापदार्थ, प्याकिङ गर्ने र रङ बनाउने ११ वटा मेसिन जलेको बताइएको छ।

प्रारम्भिक जानकारीअनुसार पाँच करोडको क्षति भएको र अहिले विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ।