काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ ।
शनिबार राति भएको खेलमा एभर्टन लिड्स युनाईटेडसँग १–० ले पराजित भएको हो ।
एभर्टनको मैदानमा लिड्सका लागि राफिन्हाले निर्णायक गोल गरे ।
खेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई १–० को जित दिलाएका हुन् ।
जितसँगै लिड्स १० खेलमा १४ अंक जोड्दै तालिकाको ११ औं स्थानमा समेत उक्लिएको छ ।
एभर्टन भने १६ अंक जोडेर छैटौं स्थानमा छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १०:५५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook